मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

<p>काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मानव तस्करी तथा सरकारी कागजात कीर्तेको आरोप लागेका उनलाई जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई पैसा बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट [&hellip;]</p>

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मानव तस्करी तथा सरकारी कागजात कीर्तेको आरोप लागेका उनलाई जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई पैसा बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए ।

उनलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको छ ।

Share News