मानव तस्करीको आरोप लागेका सांसद अधिकारी पक्राउ, जहाजबाट काठमाडौं ल्याइँदै

<p>काठमाडाैं । मानव तस्करको आरोप लागेका कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । उनलाई आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएकाे हो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं ल्याइँदैछ । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई पैसा बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट [&hellip;]</p>

काठमाडाैं । मानव तस्करको आरोप लागेका कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । उनलाई आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएकाे हो ।

उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं ल्याइँदैछ । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई पैसा बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए ।

उनलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको छ ।

Share News