सेयरधनी श्रेष्ठले बिक्रीमा राखे माछापुच्छ्रे बैंकको ३ लाख कित्ता सेयर

<p>काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी आजाद श्रेष्ठको स्वामित्वमा रहेको ३ लाख २५८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न पाउने छन् । यदि ३५ दिनभित्र उक्त सेयर संस्थापकले [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंकका संस्थापक सेयरधनी आजाद श्रेष्ठको स्वामित्वमा रहेको ३ लाख २५८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न पाउने छन् ।

यदि ३५ दिनभित्र उक्त सेयर संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर खरिद गर्न इच्छुकले माछापुच्छ्रे क्यापिटलमा लिन चाहेको सेयर संख्या र मूल्य खुलाई बोलपत्र पेश गर्नुपर्नेछ ।

Share News