काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन गरेको हो ।
सो आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने काम गर्नेछ ।
रिजालको अध्यक्षतामा गठन भएको आयोगमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबद्र्धन कोली र आरती भण्डारी सदस्य छन् । यसअघि आयोग गठनका लागि गठन आदेश समेत मन्त्रिपरिषदबाट जारी भएको थियो । अब सोही आदेश अनुसार आयोगले काम गर्नेछ ।