दिल्ली उड्ने तयारीमा रहेको जहाजमा बम रहेको सूचना, चेकजाँच सुरु

<p>काठमाडौं । काठमाडौंबाट दिल्ली उड्ने तयारीमा रहेको जहाजमा बम रहेको सूचना आएपछि चेकजाँच सुरु भएकाे छ । एयर इण्डियाको जहाजमा बम रहेको सूचना भारतबाट आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको विमानस्थल स्रोतले जनाएकाे छ । जहाज सोमबार अपराह्न २ः४१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकाे थियाे । उक्त जहाज फर्किने तयारी गरिरहेका बेला भारतबाट जहाजमा बम [&hellip;]</p>

काठमाडौं । काठमाडौंबाट दिल्ली उड्ने तयारीमा रहेको जहाजमा बम रहेको सूचना आएपछि चेकजाँच सुरु भएकाे छ ।

एयर इण्डियाको जहाजमा बम रहेको सूचना भारतबाट आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको विमानस्थल स्रोतले जनाएकाे छ ।

जहाज सोमबार अपराह्न २ः४१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकाे थियाे । उक्त जहाज फर्किने तयारी गरिरहेका बेला भारतबाट जहाजमा बम रहेकाे सूचना आएकाे हाे ।

चेकजाँचकाे क्रममा तालिमप्राप्त कुकुर पनि प्रयाेग गरिएकाे छ ।

याे पनि पढाैं : ‘जहाजमा बम छ’ भन्ने हल्लाले अर्बौं घाटा, डरैडरले उडान भर्दै कम्पनी

गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम रहेकाे सूचना आएपछि खाेजतलास सुरु गरिएकाे थियाे ।

यद्यपि कुनै पनि शंकास्पद वस्तु भेटिएकाे थिएन । खाेजतलास ६ घन्टासम्म चलेकाे थियाे । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमअनुसार कम्तीमा ६ घण्टासम्म खाेजतलास गर्नुपर्छ ।

भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको थियाे ।

भारतीय जहाजमा पछिल्लाे समय बम राखिएकाे हल्लाले आतंक मच्चाएकाे छ ।

Share News