अब फ्लिम हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

<p>काठमाडाैं । चलचित्र हलमा महँगो मूल्यमा सामान खरिद बिक्री गर्न नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच भएको सहमतिअनुसार अब चलचित्र हलभित्र पेय तथा खाद्य पदार्थ खरिदबिक्री एमआरपी मूल्यभन्दा बढीमा बिक्री गर्न नपाइने भएको हो । च्लचित्र हलको परिसरभित्र पाइने पानी, पेय पदार्थ तथा खाद्य पदार्थ खुद्रा बिक्री मूल्यभन्दा [&hellip;]</p>

काठमाडाैं । चलचित्र हलमा महँगो मूल्यमा सामान खरिद बिक्री गर्न नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच भएको सहमतिअनुसार अब चलचित्र हलभित्र पेय तथा खाद्य पदार्थ खरिदबिक्री एमआरपी मूल्यभन्दा बढीमा बिक्री गर्न नपाइने भएको हो ।

च्लचित्र हलको परिसरभित्र पाइने पानी, पेय पदार्थ तथा खाद्य पदार्थ खुद्रा बिक्री मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस विभागले चाडपर्वलक्षित बजार अनुगमन तीव्रता प्रदान गरी बजार अनुगमन टोली उपत्यकाका विभिन्न स्थानमा परिचालन गरिएको विदितै छ, बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने र उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा विभाग नेपाल चलचित्र संघबीच भएको छलफल र अन्तरक्रियापश्चात चलचित्र हलको परिसरभित्र प्रशोधित पिउने पानीको बिक्री वितरण एमआरपी अर्थात् अधिकतम् खुद्रा बिक्री मूल्यमा उपलब्ध गराउने सहमति भए बमोजिम अब उप्रान्त कुनै चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्नु हुन अनुरोध गरिन्छ ।’

कुनै व्यवसायीले यो नियम कार्यान्वयन नगरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि सूचनामा उल्लेख गरिएकाे छ ।

Share News