
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि अर्काे रेकर्ड राखेकाे छ । आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । आइतबार एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसभन्दा अघिल्ला दिनहरूमा यसकाे मूल्य क्रमशः १ लाख ६४ हजार ४००, १ लाख ६२ हजार ४०० र १ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको थियो ।
असोज २३ गतेयता सुनको मूल्य दैनिक बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसैगरी, चाँदीको मूल्यमा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।