काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले गोलभेडाको मूल्यसहित अधिकांश तरकारीको मूल्य बढाएको छ । समितिले हिजो प्रतिकेजी १३५ रुपैयाँ रहेको गोलभेडा ५ रुपैयाँ बढेर १४० रुपैयाँ तोकेको छ ।
रातो आलु ८२ रुपैयाँ, सुकेको प्याज ९९ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, बन्दा ५० रुपैयाँ तोकिएको छ । हिजो पनि यी तरकारीको सोही मूल्य तोकिएको थियो । यस्तै काउली ५ रुपैयाँ घटेर १२० रुपैयाँ तोकिएको छ भने मुला ४५ रुपैयाँ, लाम्चो भन्टा ६५ रुपैयाँ छ ।
तर, हिजोे ९० रुपैयाँ रहेको तने बोडीको मूल्य आज बढेर १४५ रुपैयाँ तोकेको छ । यस्तै मटरकोशा १८६ रुपैयाँबाट घटेर आज १७० रुपैयाँ, घिउ सिमी (राजमा) १९० रुपैयाँबाट घटर १४५ रुपैयाँ, भटमासकोशा ९० रुपैयाँबाट घटेर ७५ रुपैयाँ तोृकिएको छ ।
यस्तै तितो करेला ५५ रुपैयाँबाट घटेर ५१ रुपैयाँ, लौका ४५ रुपैयाँ, परवर ६५ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ तोकेको समितिले जनाएको छ ।
हिजो ७० रुपैयाँ रहेको घिरौला घटेर ५५ रुपैयाँ, फर्सी ९५ रुपैयाँ, सलगम ९५ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ, सखरखण्ड ९५ रुपैयाँ, बरेला ६५ रुपैयाँ, पिंडालू ६५ रुपैयाँ, स्कूस २७ रुपैयाँ तोकिएको छ ।
यस्तै, हिजो ७५ रुपैयाँ रहेको रायो साग बढेर ९० रुपैयाँ, पालूगो साग बढेर ९० रुपैयाँ, चमसूरको साग १२६.६७ रुपैयाँबाट बढेर २२६.६७ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँबाट बढेर ७५ रुपैयाँ पुगेको छ ।
प्याज हरियो १२६.६७ रुपैयाँबाट बढेर १७६ रुपैयाँ, च्याउ २७६.६७ रुपैयाँ, कुरीलो ४५० रुपैयाँ, ब्रोकाउली ५ रुपैयाँ बढेर १४५ रुपैयाँ, चुकुन्दर ८५ रुपैयाँ, रातो बन्दा १२६.६७ रुपैयाँ, जिरीको साग १७६.६७ रुपैयाँबाट बढेर २२६.६७ रुपैयाँ, सेलरी ९५० रुपैयाँ, पार्सले २ हजार ७६६.६७ रुपैयाँ, पुदीना ९०० रुपैयाँ तोकेको समितिले जनााएको छ ।[pdf id=518022]