रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिँदै

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लग्ने भएको छ । रास्वपाका नेता मनिष झाले आज नै प्रहरीले पक्राउ गरेर सडक मार्गमार्फत उनलाई उनलाई पोखरा लग्ने विषयमा प्रहरीसँग सहमति भइसकेको जानकारी गराएका हुन् । उनले भने, &#8216;हामी कानुनी राज्यको सम्मान गर्छौं । हामी सहजरूपमा गिरफ्तारी दिन्छौं, प्रतिकार गर्दैनौं [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लग्ने भएको छ ।

रास्वपाका नेता मनिष झाले आज नै प्रहरीले पक्राउ गरेर सडक मार्गमार्फत उनलाई उनलाई पोखरा लग्ने विषयमा प्रहरीसँग सहमति भइसकेको जानकारी गराएका हुन् ।

उनले भने, ‘हामी कानुनी राज्यको सम्मान गर्छौं । हामी सहजरूपमा गिरफ्तारी दिन्छौं, प्रतिकार गर्दैनौं ।’

लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । उनले पत्रकार सम्मेलनमा आफ्ना धारणा राखेपछि प्रहरीले उनलाई पोखरातर्फ लग्नेछ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय, कास्कीले अनुसन्धान गरिरहेको छ ।

Share News