सरकारले रविलाई पक्राउ गर्न सक्ने प्रचण्डको संकेत, विपक्षी दलले प्रतिवाद गर्ने

<p>काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &#8216;प्रचण्ड&#8217;ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ हुन सक्ने संकेत गरेका छन् । शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको संकेत गरेका हुन् । बिहीबार टीआरसीबारे छलफल गर्न बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरूको बैठक [&hellip;]</p>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ हुन सक्ने संकेत गरेका छन् । शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको संकेत गरेका हुन् ।

बिहीबार टीआरसीबारे छलफल गर्न बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरूको बैठक बसेकाे थियो । सो बैठकमा रवि लामिछानेबारे समेत छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रविलाई पक्राउ गर्ने संकेत देखाएको प्रचण्डले आजको विपक्षी दलको बैठकमा सुनाए ।

ओलीले एक साताभित्रै रविलाई पक्राउ गर्ने गरी तयारी भइरहेको संकेत प्रचण्डको अघि गरेका थिए । प्रचण्डले सोही संकेत शुक्रबारको बैठकमा रविलाई सुनाएका हुन् ।

विपक्षी दलले प्रतिवाद गर्ने

शुक्रबार बसेको प्रतिपक्षी दलको बैठकले सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्ने तयारी गरेको छ । सरकारले रविलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको बुझिएको हो ।

सरकारले रविलाई पक्राउ गरेर विपक्षी दललाई फुटाउने तयारी गरेको बताउँदै विपक्षी दलहरूले त्यसको प्रतिवाद गर्ने तयारी गरेका हुन् ।

बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष पनि निकालेको छ । बैठकले समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेकाे छ ।

बैठकले बाढीपहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको पनि निष्कर्ष निकालेकाे छ ।

Share News