काठमाडौं । ४ दिनमै अमेरिकी डलरको मूल्यले नयाँ रकेर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि असोज २८ गते अमेरिकी डलरको मूल्यले नयाँ रकेर्ड बनाएको थियो । सो दिन डलरको मूल्य एकको खरिदर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ थियो ।
युरोपियन यूरोको एकको खरिदर १४५.८५ रुपैयाँ र बिक्रीदर १४६.५० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.६७ रुपैयाँ र बिक्रीदर १७५.४५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.४५ रुपैयाँ र बिक्रीदर १५६.१४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.९३ रुपैयाँ र बिक्रीदर ९०.३४ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.४३ रुपैयाँ र बिक्रीदर ९७.८६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२७ रुपैयाँ र बिक्रीदर १०२.७३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९७ रुपैयाँ र बिक्रीदर ९.०१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७९ रुपैयाँ र बिक्रीदर ९.८४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.७७ रुपैयाँ र बिक्रीदर १२.८३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५५ रुपैयाँ र बिक्रीदर १९.६४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.१५ रुपैयाँ र बिक्रीदर ४४०.११ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०० रुपैयाँ र बिक्रीदर ३५७.५९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।