यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)

<p>काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ [&hellip;]</p>

बडादसैँअन्र्तगत नवरात्रको सातौँ दिन बिहीबार गोरखा दरबारबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि पठाइएको फूलपाती । दरबारका सुसारेहरुले बिधिपूर्वक पूजाअर्चना गरी फूलपाती पठाइएको हो ।

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ ।

वडा दसैँको फुलपातीका दिन प्रसिद्ध बागलुङ कालिका मन्दिरमा फूलपाती भित्राइँदै ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

संखुवासभामा रहेको नेपाली सेना र नेपाल प्रहरीले मनकामना मन्दिर र फुलपाती चोकबाट ल्याएको फुलपातीलाई खांदबारीको टुडिखेलमा पुजा आरधाना पछि आ-आफ्नो कार्यालयमा भित्र्याउँदै नेपाली सेना र नेपाल प्रहरी ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरमा मन्दिरमा बिहीबार फूलपाती भित्र्याउन डोली लिएर जाँदै नेपाल प्रहरीको टोली ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बिहीबार फूलपाती भित्र्याउँदै मन्दिरका महन्त श्रीराम गिरीलगायत ।

सुनसरीको इनरुवा नगरपालिका-९ स्थित भगवती मन्दिरमा बिहीबार फूलपाती भित्र्याउँदै नेपाली सेना र सशस्त्र प्रहरीको टोली ।

सुर्खेतको बिरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरमा आज फूलपाती भित्र्याइँदै ।

बाँकेको राँझास्थित इमाननगर व्यारेकमा रहेको नेपाली सेनाको श्री बज्रदल गणले नेपालगञ्जको वागेश्वरी मन्दिरमा बिहीबार फूलपाती भित्र्याउँदै ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको कालिध्वज गणले तारकेश्वर नगरपालिका-४ स्थित पुरानो गुह्ययेश्वरी मन्दिरमा बिहीबार फूलपाती पूजा गरी गण तफ फूलपाती भित्र्याइँदैै।

Share News