कांग्रेसले विपद्जन्य घटनाका पीडितलाई राहतस्वरूप ५० लाख दिने

<p>काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले विपद्जन्य घटनाका पीडितलाई राहतस्वरूप ५० लाख दिने दिने भएकाे छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत [&hellip;]</p>

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले विपद्जन्य घटनाका पीडितलाई राहतस्वरूप ५० लाख दिने दिने भएकाे छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए ।

उनले ५० लाखमा सहयोग गर्न कांग्रेस सांसदहरूले १५ दिनको तलव उपलब्ध गराउने पनि निर्णय भएको बताए ।

कांग्रेसले पार्टीको भ्रातृ, शुभेच्छुक संघटन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशनसमेत दिएकाे छ ।

यसैगरी, बैठकले स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

कांग्रेसले राष्ट्रिय विपतीमा समग्र पार्टी, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन पनि आह्वान गरेको छ ।

Share News