लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा ब्रेक, तोलामा छ सय रुपैयाँ घट्यो

<p>काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ६० हजार छ सय रूपैयाँ निर्धारण [&hellip;]</p>

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ६० हजार छ सय रूपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।

Share News