‘लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्ने विशेष अधिकार दिइयोस्’

<p>काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्ने विशेष अधिकार दिनेगरी कानुनी व्यवस्था गर्न जरुरी रहेको [&hellip;]</p>

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्ने विशेष अधिकार दिनेगरी कानुनी व्यवस्था गर्न जरुरी रहेको बताए ।

उनले लगानी बोर्डले लगानीकर्ताहरूले अपेक्षा गरेको एकद्वार सर्भिस सेन्टरको बारेमा कुरा गर्न थालेको १२ वर्ष भएपनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको गुनासाे गरे ।

अध्यक्ष ज्ञवालीले लगानी बोर्ड र नेपाल राष्ट्र बैंकमार्फत गर्ने व्यवस्थामा पनि स्पष्ट नीति नभएको कारण समस्या रहेको बताए । उनले बोर्डकै फ्रेमवर्कबाट राष्ट्र बैंकबाट जनशक्ति आउने र काम गर्न पनि कहाँबाट प्रवेश गर्ने र कसरी टुङ्गिने भन्ने नीतिगत रूपमा स्पष्ट पारे ।

उनले आयोजनाहरूको एआईए गर्न बोर्डबाट तत्काल खोजे पनि त्यसको लागि स्पष्ट नीति आवश्यक रहेको बताए ।

उनले पुनः निर्माणको काम आवश्यक सम्पूर्ण अधिकार प्राधिकरणलाई हुँदा सहज रूपमा पुनःनिर्माणको काम सफल भएको भन्दै लगानी बोर्डलाई पनि त्यही रूपमा लैजान आवश्यक रहेकोमा जाेड दिए ।

अध्यक्ष ज्ञवालीले लगानी बोर्डमार्फत गर्ने एकद्वार प्रणाली बनाउनको लागि कानुनमा विशेष खालको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको बताए ।

उनले लगानी बोर्डमार्फत वैदेशिक लगानी प्रवर्द्धन गर्नको लागि नेपालका कुटनीतिक नियोगसँग समन्वय गर्ने वातावरण बनाइने बताए ।

उनले लगानी बोर्ड लगानी प्रवर्द्धनकाे एजेन्सी मात्रै नभई पब्लिक प्राइभेट पाटनरसिपको अधिकार सम्पन्न निकाय बनाउने हिसावको ऐनमा व्यवस्था गरिने पनि बताए ।

बाेर्डले तीनवटै सरकारसँग सार्वजनिक—निजी साझेदारीको समग्र आर्थिक प्रणाली विकास गर्ने कुरामा काम गर्ने उल्लेख ग‍रे ।

Share News