
काठमाडौं । नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रूपमा विदेशी मुद्रा आर्जनको मुख्य स्राेत पर्यटन क्षेत्र रहेको बताएका छन् ।
पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल संघलगायत सम्बन्धित संघसंस्थाहरू टुगेदर फर टुरिजमको नाराका साथ अघि बढिरहेको बताए ।
उनले सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न आफूहरू तयार रहेको बताए । उनले सबै मिले मौ देश बनाउन सकिने भन्दै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
अध्यक्ष शाहले नयाँ विमानस्थल भैरहवा र पोखरालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘दिगो रूपमा विदेशी मुद्रा आर्जनको मुख्य स्राेत पनि पर्यटन नै हो । राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटल संघलगायत हामी सबै पर्यटन व्यवसायमा लाग्नेहरू काँधमा काँध मिलाएर सहकार्य गर्नुपर्छ । नयाँ विमानस्थल भैरहवा र पोखरालाई पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउनसके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुनसक्छन् ।’
अध्यक्ष शाहले तर्जुमाको क्रममा रहेको पर्यटन नीति, पर्यटन ऐन समग्र पर्यटन विकास, विस्तार र सुदृढिकरण जोड दिनेगरी बन्नेमा आशावादी रहेको पनि बताए ।