
काठमाडौं । विराटनगरबाट गाईघाट सप्तरीतर्फ जाँदै गरेकाे बस काेशी ब्यारेजबाट सप्तकाेशी नदीमा खसेकाे छ ।
बिहीबार साँझ करिब ६ बजेतिर बस पुलबाट नदीमा खसेकाे हाे । को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस खसेकाे हाे ।
बसमा सवार २० जनाकाे घाइते अवस्थामा उद्धार गरिएकाे छ । बसमा कतिजना थिए भन्ने यकिन तथ्यांक नआइसकेकाे जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएकाे छ ।
घाइतेहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।