सुनको मूल्यले फेरि राख्यो नयाँ रेकर्ड, कति पुग्यो ?

<p>काठमाडौं । पछिल्लो समय सुनको भाउ निरन्तर बढिरहेको छ । आज बिहिबार पनि सुनको मूल्य वृद्धि भएको छ । हिजो बुधबार तोलाको एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले वृद्धि भएको हो । यससँगै आज एक लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय सुनको भाउ निरन्तर बढिरहेको छ । आज बिहिबार पनि सुनको मूल्य वृद्धि भएको छ ।

हिजो बुधबार तोलाको एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले वृद्धि भएको हो ।

यससँगै आज एक लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै महँगो मूल्य हो ।

चाँदीको भाउ भने आज स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News