झनै सस्तियो तरकारीको मूल्य, सीमि र च्याउको मूल्य घट्यो

<p>काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । भारतीय गोलभेडा प्रतिकेजी ९५ रुपैयाँ, लोकल गोलभेडा ३१.६७ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४६.६७ रुपैयाँ तोकिएको छ । रातो आलु ८० रुपैयाँ, भारतीय रातो आलु ६१ रुपैयाँ, मुडे आलुको ७१ रुपैयाँ तोकेको [&hellip;]</p>

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

भारतीय गोलभेडा प्रतिकेजी ९५ रुपैयाँ, लोकल गोलभेडा ३१.६७ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४६.६७ रुपैयाँ तोकिएको छ । रातो आलु ८० रुपैयाँ, भारतीय रातो आलु ६१ रुपैयाँ, मुडे आलुको ७१ रुपैयाँ तोकेको छ ।
भारतीय प्याज सुकेको १११ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, तराईको गाजर ११० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराईको बन्दा ३५ रुपैयाँ, स्थानिय काउली ७५ रुपैयाँ, रातो मूला ३१.६७ रुपैयाँ, सेतो मूला (हाइब्रीड) २७.३३ रुपैयाँ तोकिएको छ ।

यस्तै लाम्चो भन्टा २२.३३ रुपैयाँ, डल्लो भन्टा ३२.३३ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, लोकल घिउ सिमी ८५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ८५ रुपैयाँ, टाटे सिमी ९५ रुपैयाँ, भटमासकोशा ५५ रुपैयाँ तोकिएको छ । तितो करेला आज ७५ रुपैयाँ पुगेको छ । यसअघि तने बोडी ६५ रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल घिउ सिमी ५५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ५५ रुपैयाँ, भटमासकोशा ५० रुपैयाँ र तितो करेला आज ६५ रुपैयाँ थियो ।

लौका ३५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, चिचिण्डो २२.३३ रुपैयाँ, घिरौला ७५ रुपैयाँ, झिगूनी ७५ रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, डल्लो हरियो फर्सी ३२.६७ रुपैयाँ, भिण्डी ४२.३३ रुपैयाँ, बरेला १२५ रुपैयाँ, पिंडालू ५५ रुपैयाँ, स्कूस २२.३३ रुपैयाँ रहेका छन् ।

रायो साग ७५ रुपैयाँ, पालूगो साग ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, प्याज हरियो १४५ रुपैयाँ, च्याउ (कन्य) १६६.६७ रुपैयाँ, च्याउ (डल्ले) २७६.६७ रुपैयाँ, कुरीलो ४७६.६७ रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, ब्रोकाउली ७५ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ मूल्य तोकिएको छ ।[pdf id=512681]

Share News