सुनको भाउ हालसम्मकै महँगो, तोलाको एक लाख ६० हजार ४ सय

<p>काठमाडौं । सुनचाँदीको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार तोलाको ७ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ एक लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजावी सुन पनि ताेलाको ७ सयले नै बढेर एक लाख ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको [&hellip;]</p>

काठमाडौं । सुनचाँदीको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार तोलाको ७ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ एक लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।

यस्तै, आज तेजावी सुन पनि ताेलाको ७ सयले नै बढेर एक लाख ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलको ४० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News