शनिबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

<p>काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले असाेज १० गतेदेखि टिकट बुकिङ खुला गर्नका लागि प्रस्ताव गरे पनि १२ गतेका लागि सहमति [&hellip;]</p>

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खुल्ने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले असाेज १० गतेदेखि टिकट बुकिङ खुला गर्नका लागि प्रस्ताव गरे पनि १२ गतेका लागि सहमति भएकाे हाे ।

शनिबार सरकार र यातायात व्यवसायीबीच छलफल भएको थियो । छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्ने, अग्रिम टिकट बुकिङ तत्काल खुलाउने र छठपछि भाडा समायोजन गर्ने सहमति भएको थियो ।

 

 

Share News