आयात बढ्यो, निर्यात घट्यो

<p>&nbsp; काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को २ महिना (साउन र भदौ) मा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा १.०८ प्रतिशतले आयात बढेको हो । गत आर्थिक वर्षको २ महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु तथा [&hellip;]</p>

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को २ महिना (साउन र भदौ) मा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा १.०८ प्रतिशतले आयात बढेको हो । गत आर्थिक वर्षको २ महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो

आयात बढे पनि निर्यात भने घटेको भन्सार विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार ५.१२ प्रतिशतले निर्यात घटेको छ ।
गत आवको साउन र भदौ महिनामा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएकोमा चालु आवको सोही अवधिमा यस्तो निर्यात २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँमा खुम्चिएको छ ।

समग्रमा यो दुई महिनामा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ व्यापार घाटा लागेको छ । यो गत वर्षको भन्दा १.७८ प्रतिशतले बढेको हो ।

Share News