सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ६० हजार नजिक

<p>काठमाडौं । आज सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । तोलाको ४ सय रुपैयाँले बढेर आज छापावाला सुनको भाउ १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस्तै तेजावी सुनको मूल्य पनि ४ सयले नै बढेर आज १ लाख ५८ हजार ५ सय रुपैयाँमा कारोबार [&hellip;]</p>

काठमाडौं । आज सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । तोलाको ४ सय रुपैयाँले बढेर आज छापावाला सुनको भाउ १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै तेजावी सुनको मूल्य पनि ४ सयले नै बढेर आज १ लाख ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News