काठमाडौं । आज अमेरिकी डलर र खाडी मुलुकको मुद्राको भाउ स्थिर रहेको छ भने अधिकांश देशको मुद्राको भाउ बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.९२ रुपैयाँ र बिक्रीदर १४९.५९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७.७३ रुपैयाँ र बिक्रीदर १७८.५३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.९३ रुपैयाँ र बिक्रीदर १५७.६३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.८१ रुपैयाँ र बिक्रीदर ९१.२१ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.३१ रुपैयाँ र बिक्रीदर ९८.७५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३७ रुपैयाँ र बिक्रीदर १०३.८३ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९२ रुपैयाँ र बिक्रीदर १९.०१ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.५५ रुपैयाँ र बिक्रीदर ३५.७१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७३ रुपैयाँ र बिक्रीदर ३१.८७ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.०१ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.११ रुपैयाँ र बिक्रीदर १३.१७ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.९७ रुपैयाँ र बिक्रीदर २०.०६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१३ रुपैयाँ र बिक्रीदर १७.२० रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.२४ रुपैयाँ र बिक्रीदर ४३९.२० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५३.८७ रुपैयाँ र बिक्रीदर ३५५.४६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।