आधा घण्टाको भेटमा मोदीले भने- छिट्टै नेपाल भ्रमणमा आउँछु

<p>काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता [&hellip;]</p>

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।

भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।

टमा मोदीले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् । ओली मोदी भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनिन्, ‘एकदमै सौहार्द वातावरणमा कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले चाँडै नेपाल आउँछु भन्नु भएको छ ।’

आधा घण्टा लामो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफलमा भएको थियो । प्रधानमन्त्री ओलीले भेटवार्ता फलदायी भएको र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको जानकारी दिए ।

Share News