नेशनल लघुवित्तबाट एकैपटक ९ जना संस्थापक बाहिरिँदै

<p>काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाबाट एकैपटक ९ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो स्वामित्वको सेयर बिक्री गरेर ९ जना संस्थापक बाहिरिन लागेका हुन् । लघुवित्तका अनुसार लक्ष्मी प्रसाद सिटौलाको नाममा रहेको १६ हजार कित्ता, प्रेम बस्नेतको ७ हजार कित्ता, खेमराज भेटुवालको ५ हजार कित्ता, गणेशमान मुखियाको २ हजार कित्ता, सिता कार्कीको १० [&hellip;]</p>

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाबाट एकैपटक ९ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो स्वामित्वको सेयर बिक्री गरेर ९ जना संस्थापक बाहिरिन लागेका हुन् ।

लघुवित्तका अनुसार लक्ष्मी प्रसाद सिटौलाको नाममा रहेको १६ हजार कित्ता, प्रेम बस्नेतको ७ हजार कित्ता, खेमराज भेटुवालको ५ हजार कित्ता, गणेशमान मुखियाको २ हजार कित्ता, सिता कार्कीको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।

यस्तै चक्र प्रसाद खरेलको ५ हजार कित्ता, इन्द्र प्रसाद शर्माको २ हजार ७७ कित्ता, राम प्रसाद खरेलको ५ हजार कित्ता र टंक बहादुर पाण्डेको १ हजार ८३७ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

लघुवित्तको उक्त संस्थापक सेयर सर्वसाधारण जोकोहीले पनि खरिद गर्न पाउनेछन् ।

Share News