काठमाडौं । क्रिप्टो (अभौतिक) मुद्रा कारोबार गर्ने दुईजना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणको आधारमा उनीहरूलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेहरूमा नवलपरासी गैंडाकोट नगरपालिका- ४ बस्ने २२ वर्षीय प्रज्ञान रिमाल र बागलुङ नगरपालिका ४ का २० वर्षीय आयुष शर्मा रहेका छन् ।
दुवै जनालाई काठमाडाैंका विभिन्न स्थानबाट पक्राउ गरिएकाे हाे । दुवै जनाले स्टारबाेइ साेलुसन्स चलाउँदै आएका थिए ।
उनीहरूमाथि अभौतिक मुद्दाको प्रयोग गर्न नहुने कसूरअन्तर्गतको मुद्दामा बिहीबार काठमाडाैं जिल्ला अदालतबाट सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको सिआईबीका प्रवक्ता एवं सूचना अधिकारी हाेबिन्द्र बाेगटीले जानकारी दिए ।