काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०७ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ तोकेको छ । आज एक युरोको खरिददर १४८.१८ रुपैयाँ र बिक्रीदर १४८.८४ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.५२ रुपैयाँ र बिक्रीदर १७६.३० रुपैयाँ कायम छ ।
हिजो अमेरिकी डलर एकको खरिददर १३४.३४ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ, एक युरोको खरिददर १४७.९५ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.५८ रुपैयाँ र बिक्रीदर १७६.३७ रुपैयाँ तोकेको थियो ।
यस्तै फ्रान्सको स्वीस फ्रयाङ्क एकको खरिददर १५८.४५ रुपैयाँ र बिक्रीदर १५९.१६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.३९ रुपैयाँ र बिक्रीदर ८९.७९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.७३ रुपैयाँ र बिक्रीदर ९९.१७ रुपैयाँ, सिङ्गापुरे डलर खरिददर १०२.९७ रुपैयाँ र बिक्रीदर १०३.४३ रुपैयाँ, जापानिज येनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ कायम छ ।
हिजो फ्रान्सको स्वीस फ्रयाङ्क एकको खरिददर १५८.१७ रुपैयाँ र बिक्रीदर १५८.८७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.४१ रुपैयाँ र बिक्रीदर ८९.८१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.८१ रुपैयाँ र बिक्रीदर ९९.२५ रुपैयाँ, सिङ्गापुरे डलर खरिददर १०२.७५ रुपैयाँ र बिक्रीदर १०३.२१ रुपैयाँ, जापानिज येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७३ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९६ रुपैयाँ र बिक्रीदर ३१.१० रुपैयाँ तोकिएको छ ।
हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.७३ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.८७ रुपैयाँ र बिक्रीदर ३१.०१ रुपैयाँ तोकिएको थियो ।