म खुला किताब हुँ, जसले जताबाट अनुसन्धान थाले पनि हुन्छ: उपसभापति गुरुङ

<p>काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरेका हुन् ।

उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानविन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए ।

उनले आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिवद्ध रहेको पनि दोहोर्‍याए ।

उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग मागसमेत गरे ।

उनले आफू खुला किताब भएकाले जसले जताबाट अनुसन्धान थालेपनि हुने बतए ।

साथै उपसभापति गुरुङले आफूले श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेको पनि बताए ।

याे पनि पढ्नूहाेस् : सञ्चारमाध्यममा कपाेलकल्पति समाचार सम्प्रेषण भए, यसमा कुनै सत्यता छैन: उपसभापति गुरुङ  

Share News