अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ अन्य देशको मुद्रा भाउ

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरसहित खाडी मुलुकको मुद्राको भाउ बढाएको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६४ रुपैयाँ तोकेको छ । आज एक युरोको खरिददर १४७.९६ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.३६ रुपैयाँ र बिक्रीदर [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरसहित खाडी मुलुकको मुद्राको भाउ बढाएको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६४ रुपैयाँ तोकेको छ । आज एक युरोको खरिददर १४७.९६ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.३६ रुपैयाँ र बिक्रीदर १७६.१४ रुपैयाँ कायम छ ।

यस्तै फ्रान्सको स्वीस फ्रयाङ्क एकको खरिददर १५७.८७ रुपैयाँ र बिक्रीदर १५८.५८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.२२ रुपैयाँ र बिक्रीदर ८९.६२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.८५ रुपैयाँ र बिक्रीदर ९९.२९ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, सिङ्गापुरे डलर खरिददर १०२.५४ रुपैयाँ र बिक्रीदर १०३ रुपैयाँ तोकेको छ ।

जापानिज येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ कायम छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९५ रुपैयाँ र बिक्रीदर ३.९६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६६ रुपैयाँ र बिक्रीदर ३०.८० रुपैयाँ तोकिएको छ ।

Share News