अमेरिकी डलरको मूल्य स्थिर, अन्य देशको घट्यो

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरसहित खाडी मुलुकको मुद्राको भाउ स्थिर राखेको छ भने अन्य देशको घटाएको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ तोकेको छ । आज एक युरोको खरिददर १४८.५६ रुपैयाँ र बिक्रीदर १४९.२३ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरसहित खाडी मुलुकको मुद्राको भाउ स्थिर राखेको छ भने अन्य देशको घटाएको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ तोकेको छ ।

आज एक युरोको खरिददर १४८.५६ रुपैयाँ र बिक्रीदर १४९.२३ रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.९१ रुपैयाँ र बिक्रीदर १७६.७० रुपैयाँ कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.४१ रुपैयाँ र बिक्रीदर ८९.८१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.७३ रुपैयाँ र बिक्रीदर ९९.१७ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९५ रुपैयाँ र बिक्रीदर ३१.०९ रुपैयाँ तोकिएको छ ।

Share News