पशुपति क्षेत्रमा मासु, मदिरा बेचबिखन तथा सेवन निषेध, नियम विपरीत कार्य गरे कारबाहीकाे चेतावनी

<p>काठमाडौं । पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै हरितालिका तीजको ३ दिनसम्म सो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको हो । तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा [&hellip;]</p>

काठमाडौं । पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै हरितालिका तीजको ३ दिनसम्म सो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको हो ।

तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको सूचनामा उल्लेख छ ।

कसैले नियम विपरीत कार्य गरे कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

Share News