काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १४ करोड रुपैयाँ बढीको आँप आयात भएको छ । साउन महिनामा १४ करोड १० लाख रुपैयाँको आँप आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार साउन महिनामा २१ लाख ७६ हजार ८२३ केजी आँप आयात भएको छ । जसमध्ये भारतबाट २१ लाख ६२ हजार ४२३ केजी र चीनबाट १४ हजार ४ सय केजी आँप आयात भएको छ ।
भारतबाट १३ करोड ९६ लाख र चीनबाट १४ लाख रुपैयाँ बराबरको आँप आयात भएको हो । उक्त आँप आयातबाट ३ करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएकाे छ ।