दुई दिन घटेको विदेशी मुद्राको भाउ फेरी बढ्न थाल्यो, कुन देशको कति ? 

<p>काठमाडौं । सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ रहेको थियो । हिजोको तुलनामा आज नेपाली बजारमा युरोपियन [&hellip;]</p>

काठमाडौं । सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ रहेको थियो ।

हिजोको तुलनामा आज नेपाली बजारमा युरोपियन युरोको भाउ पनि बढेको छ । सोमबार एक युरोको खरिददर १४७.९१ रुपैयाँ र बिक्रीदर १४८.५८ रुपैयाँ रहेको थियो भने आज एक युरोको खरिददर १४८.२६ रुपैयाँ र बिक्रीदर १४८.९२ रुपैयाँ कामय भएको छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.९८ रुपैयाँ कायम भएको छ भने बिक्रीदर १७६.७६ रुपैयाँ कायम भएको छ । सोमबार यस मुद्राको एकको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ रहेको थियो ।

अष्ट्रेलियन डलर एकको खरिददर ९०.७६ रुपैयाँ र बिक्रीदर ९१.१७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.२६ रुपैयाँ र बिक्रीदर ९९.७१ रुपैयाँ तोकिएको छ । यसअघि हिजो अष्ट्रेलियन डलर एकको खरिददर ९०.५७ रुपैयाँ र बिक्रीदर ९०.९८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.२२ रुपैयाँ र बिक्रीदर ९९.६७ रुपैयाँ तोकिएको थियो ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.७६ रुपैयाँ र बिक्रीदर ३०.९० रुपैयाँ तोकिएको छ ।

यसअघि हिजो सोमबार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९९ रुपैयाँ र बिक्रीदर ३१.१३ रुपैयाँ तोकिएको थियो ।

Share News