मनाङेलाई मन परेन वन मन्त्रालय, राजीनामा दिँदै भने- वनमारा र तितेपाती हेर्न किन चाहियो मन्त्री ?

<p>कास्की । गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सोमबार एमालेलाई सामेल गराएर प्रदेश मन्त्रिपरिषद्‌मा जिम्मेवारी हेरफेर गर्दा असन्तुष्ट बनेका मनाङेले मन्त्री पदबाटै राजीनामा दिएका हुन् । मन्त्रिपरिषद् विस्तार हुँदा सोमबार मुख्यमन्त्री पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनी सरकार पुनर्गठन हुनुअघि [&hellip;]</p>

कास्की । गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सोमबार एमालेलाई सामेल गराएर प्रदेश मन्त्रिपरिषद्‌मा जिम्मेवारी हेरफेर गर्दा असन्तुष्ट बनेका मनाङेले मन्त्री पदबाटै राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषद् विस्तार हुँदा सोमबार मुख्यमन्त्री पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनी सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री थिए ।

सरकार पुनर्गठनपछि सन्तुष्ट बनेका मनाङले स्वकीय सचिवमार्फत मुख्यमन्त्री पाण्डेलाई राजीनामा पठाएका हुन् । मुख्यमन्त्री पाण्डेले मनाङेको राजीनामा बुझिसकेका छन् ।

राजीनामा दिँदै मनाङेले प्रदेशलाई वन तथा वातावरणमा पर्याप्त अधिकार नै नभएकाले आफू सो मन्त्रालयको जिम्मेवारीमा नरहने बताए ।

‘प्रदेशलाई वनमा कुनै अधिकार नै छैन, खासमा प्रदेशलाई वन मन्त्रालय आवश्यक नै छैन, सबै अधिकार संघमा भएपछि यहाँ वनमारा र तितेपाती मात्रै हेर्नलाई मन्त्री किन चाहियो ? त्यो त रेन्जरले हेरे भइहाल्छ,’ उनले भने ।

उनले आफूलाई मन्त्री नभए पनि कुनै समस्या नभएको बताउँदै कुनै युवालाई मन्त्री बनाउन आग्रह गरेका छन् ।

Share News