मेरो बुवा धैर्यता र संघर्षको प्रतिक हुनुहुन्छ- प्रवलजंग पाण्डे

<p>काठमाडौं । नेपालको एक अग्रज उद्योगी प्रदिपजंग पाण्डेका छोरा हुन् प्रवलजंग पाण्डे । उद्योगी प्रदीपजंग पाण्डेका तीन छोरा छन् । छोराहरूलाई पनि उनले व्यवसायमा अभ्यस्त बनाइसकेका छन् । छोराहरूसँगै नातिलाई पनि उनले व्यवसायमा नै सक्रिय बनाएका छन् । जीवनको उत्तरार्धमा रहेका पाण्डेका तीन छोरा प्रवल, प्रताप र प्रज्वल विभिन्न उद्योग व्यवसाय सम्हालिरहेका छन् । तीन [&hellip;]</p>

काठमाडौं । नेपालको एक अग्रज उद्योगी प्रदिपजंग पाण्डेका छोरा हुन् प्रवलजंग पाण्डे । उद्योगी प्रदीपजंग पाण्डेका तीन छोरा छन् । छोराहरूलाई पनि उनले व्यवसायमा अभ्यस्त बनाइसकेका छन् । छोराहरूसँगै नातिलाई पनि उनले व्यवसायमा नै सक्रिय बनाएका छन् ।

जीवनको उत्तरार्धमा रहेका पाण्डेका तीन छोरा प्रवल, प्रताप र प्रज्वल विभिन्न उद्योग व्यवसाय सम्हालिरहेका छन् । तीन जना छोराहरू नै उनको व्यवसायका सारथी हुन् । प्रवलले भारतको बैंगलोरबाट इन्जिनियरिङ, प्रतापले फिलिपिन्सबाट एमिबए र प्रज्वलले ढाकाबाट एमफर्मा पास गरेका छन् ।

तीनै छोराले हासिल गरेको शिक्षाअनुसार व्यवसाय पनि बाँडफाँट गरिएको छ । नेपाली औषधी उद्योगममा पृथक किसिमको छवि बनाएका प्रदीपजंग पाण्डे जीवनको उत्तरार्धमा पनि व्यवसायमा सक्रिय छन् । प्रदीपजंगका छोरा प्रवलजंग सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षसमेत छन् । उनी भन्छन्-

मेरो बुवा (प्रदीपजंग पाण्डे) संघर्ष र मिहिनेतको प्रतिक हुनुहुन्छ । उहाँको उमेर जति बढ्दै गएको, उहाँले गरेको मिहिनेत र संघर्षलाई हामीले थप गहिराइका रूपमा बुझिरहेका छौं । बुबा सबैभन्दा ठूलो गुरु । उहाँले सिकाउनुभएको हरेक कुरा अक्षरस पालना गर्दा जीवन सहज र सफल हुन्छ, त्यो अनुभव हामीले गरेका छौं ।

उहाँले दिनुभएको शिक्षा वास्तविक जीवनको भोगाइबाट प्रेरित छ । उहाँको दूरदर्शितालाई बुझ्न सके व्यावसायिक जीवन सफल हुन्छ भन्ने अनुभव हामीले गरेका छौं । मेरो बुवा धैर्यता र निरन्तरताको प्रतिक हुनुहुन्छ । उहाँले जीवनमा जस्तोसुकै कठिन अवस्थामा पनि देखाएको धैर्यता र निरन्तरतालाई मनन् मात्र गरे जीवन सफल र सार्थक बन्छ । मेरो बुवा जन्मदाता मात्र होइन मेरो ‘रोल मोडल’ र मेरो गुरु हो ।

Share News