काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एमाले सांसद रेशा शर्मालाई कारवाही गर्न दबाब दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् उनलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष दबाब दिएका हुन् ।
सांसद शर्माले ८ वर्षदेखि बन्दी बनाएर एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आएको र दैनिक रूप मा कुटपिट गर्दै आएको विषय बाहिरिसकेको अवस्थामा समेत उनलाई सरकारले कारवाही नगरेको भन्दै आक्रोश पोखेका हुन् ।
काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि सरकारले प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
उनले भनेका छन्, ‘शुशासन भनेको अदालतले पनि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ, सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘कहिले समाउने ? कि नसमाउने ?’