घट्यो विदेशी मुद्राको मूल्य

<p>काठमाडौं । आइतबार विदेशी मुद्राको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज अधिकांश विदेशी मुलुकको मुद्राको मूल्य घटेको हो । नेपाल राष्ट्र बैंकले आज भदौ १६ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४८.३९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.०६ रुपैयाँ तोकेको [&hellip;]</p>

काठमाडौं । आइतबार विदेशी मुद्राको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज अधिकांश विदेशी मुलुकको मुद्राको मूल्य घटेको हो ।

नेपाल राष्ट्र बैंकले आज भदौ १६ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ तोकेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४८.३९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.०६ रुपैयाँ तोकेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.४५ रुपैयाँ र बिक्रीदर १७७.२४ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१.०१ रुपैयाँ र बिक्रीदर ९१.४२ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.३५ रुपैयाँ र बिक्रीदर ९९.८० रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९९ रुपैयाँ र बिक्रीदर ३१.१३ रुपैयाँ तोकिएको छ ।

Share News