यस्ता छ आज विदेशी मुद्राको मूल्य

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १४ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.९० रुपैयाँ र बिक्रीदर १३४.५० रुपैयाँ तोकेको छ । अमेरिकी डलरको भाउ बढेको छ भने हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ भने घटेको छ । आज युरोपियन युरो एकको खरिददर १४८.५८ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.२५ रुपैयाँ तोकेको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १४ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.९० रुपैयाँ र बिक्रीदर १३४.५० रुपैयाँ तोकेको छ । अमेरिकी डलरको भाउ बढेको छ भने हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ भने घटेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४८.५८ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.२५ रुपैयाँ तोकेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७७.६६ रुपैयाँ र बिक्रीदर १७७.४५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१.३२ रुपैयाँ र बिक्रीदर ९१.७३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.५० रुपैयाँ र बिक्रीदर ९९.९४ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३१.०६ रुपैयाँ र बिक्रीदर ३१.२० रुपैयाँ तोकिएको छ ।

Share News