काठमाडौं । गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच प्रदान गर्ने गरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।
बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरूको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच विस्तार गर्ने गरी परिणामुखी भई आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरूसँग आग्रह गरेका हुन् ।
उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच उपभोक्ताहरूलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए ।
नागरिकले सहज र सरलरूपमा उपभोग्य वस्तुहरू पाएको महसुस हुने गरी परिणममुखी काम गर्न उनले निर्देशन दिए । गृहमन्त्री लेखकले बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि नियन्त्रण गर्न, अखाद्यवस्तुहरू चाडबाडको बेलामा बिक्री हुन नदिन उच्च निगरानी गर्न उनको निर्देशन छ ।
उनले दसैंतिहारमा हुने सवारीसाधनको मूल्यवृद्धिको विषयमा पनि निगरानी बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिए ।