पूर्वगभर्नर, सचिव र बैंकर्स मिलेर ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना, ५० करोड पुँजीको कम्पनीले आईपीओ ल्याउने

<p>काठमाडौं । नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग व्यवसायलाई विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापना हुने भएकाे छ । छिटै स्थापना हुन लागेको एग्रो भेन्चर क्यापिटलमा पूर्वगभर्नर, बैंकर, कृषि क्षेत्र विज्ञ, अर्थविद्&#x200d;देखि कृषि क्षेत्रका उद्यमीले सहकार्य गर्न लागेका छन् । पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल, पूर्वकृषि सचिव योगेन्द्रकुमार कार्की, पूर्वबैंकर [&hellip;]</p>

काठमाडौं । नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग व्यवसायलाई विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापना हुने भएकाे छ ।

छिटै स्थापना हुन लागेको एग्रो भेन्चर क्यापिटलमा पूर्वगभर्नर, बैंकर, कृषि क्षेत्र विज्ञ, अर्थविद्‍देखि कृषि क्षेत्रका उद्यमीले सहकार्य गर्न लागेका छन् ।

पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल, पूर्वकृषि सचिव योगेन्द्रकुमार कार्की, पूर्वबैंकर तथा बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, पूर्वबैंकर रमेशकुमार भट्टराई, पूर्वबैंकर जनक शर्मा पौडेल लगायतले एग्रो भेन्चर क्यापिटलमा लगानी गर्न लागेका हुन् ।

नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग, व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापना गर्न लागिएकाे उनीहरूले बताएका छन् ।

पूर्वबैंकर रमेशकुमार भट्टराइले आ-आफ्ना क्षेत्रमा लामो अनुभव हासिल गरेका साथीहरू मिलेर एग्रो भेन्चर क्यापिटल स्थापना गर्न लागिएको  बताए ।

अमेरिका र युरोपमा सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही वर्ष अघिबाट सुरु भइसकेको छ । विदेशी लगानीका र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भेन्चर क्यापिटल नेपालमा काम गरिरहेका छन् ।

राम्रो सम्भावना भए पनि पूूँजी अभावमा धेरै उद्योग, व्यवसाय चल्न नसकेको र जोखिम बढी हुने भएकाले बैंकहरूले सहज लगानी गर्ने अवस्था हुँदैन । यस्ता उद्योग, व्यवसायमा ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल’ (पीईभीसी) ले लगानी गर्छन् ।

यस्ता समस्या सम्बोधन गर्न कृषि क्षेत्रका उद्योग–व्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको भट्टराईले बताए ।

उनका अनुसार विभिन्न चरणको छलफलपछि प्रस्तावित कम्पनीको नाम नेपाल एग्रो भेन्चर क्यापिटल राख्ने निर्णय भएको हाे । कम्पनीको तत्कालको चुक्ता पूँजी ५० करोड र सञ्चालनको एक वर्षभित्र १ अर्ब बनाउने प्रस्ताव गरिएको उनले बताए ।

प्रस्तावित कम्पनीमा संस्थापकका लागि ८५ प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर छुट्याउने तयारी भएकाे भट्टराईले बताए ।

संस्थापक सेयरमध्ये ४५ प्रतिशत बैंक, बिमा र सूचीकृत संस्थाका लागि हुनेछ भने ४० प्रतिशत व्यक्ति र प्राइभेट कम्पनीका लागि छुट्याइने छ ।

नेपालमा विदेशी र स्वदेशी लगानीका भेन्चर क्यापिटल सञ्चालन भए पनि कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग–व्यवसाय स्थापना, सञ्चालन र प्रवर्धनमा सहयोग गर्ने छुट्टै भेन्चर क्यापिटल नरहेको उनले बताए । सोही कारण कृषि क्षेत्रमा काम गर्ने गरी भेन्चर क्यापिटल स्थापना गर्न लागिएको भट्टराईले बताए ।

प्रस्तावित नेपाल एग्रो क्यापिटल लिमिटेडको सम्भाव्यता अध्ययन र आवश्यक तयारी भइसकेको उनले बताए । आगामी साता बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, व्यक्तिगत लगानीकर्ता र निजी कम्पनीसाग छलफल गरी अगाडि बढ्ने उनले बताए ।

Share News