काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १३ गते अमेरिकी डलरको खरिददर १३४.०३ रुपैयाँ र बिक्रीदर १३४.६३ रुपैयाँ तोकेको छ । अमेरिकी डलरको भाउ बढेको छ भने हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ भने घटेको छ ।
आज युरोपियन युरो एकको खरिददर १४९.१२ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.७८ रुपैयाँ तोकेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७७.१३ रुपैयाँ र बिक्रीदर १७७.९२ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.९६ रुपैयाँ र बिक्रीदर ९१.३७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.५४ रुपैयाँ र बिक्रीदर ९९.९९ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.८६ रुपैयाँ र बिक्रीदर ३१.०० रुपैयाँ तोकिएको छ ।