काठमाडाैं । सुनको मूल्यमा पुन: रेकर्ड कायम भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएकाे छ ।
मंगलबार प्रतितोला सुनकाे मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो ।
यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । मंगलबार १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ ।