सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

<p>काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको केही सेयरधनीहरूले आफ्नो नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुरूले मात्रै आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि [&hellip;]</p>

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको केही सेयरधनीहरूले आफ्नो नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।

लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुरूले मात्रै आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यदि ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

Share News