काठमाडौं । बुधबार विदेशी मुद्राको भाउ बढेको छ भने युरोपियन युरोको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ १२ गते अमेरिकी डलरको खरिददर १३३.९९ रुपैयाँ र बिक्रीदर १३४.५९ रुपैयाँ तोकेको छ ।
आज युरोपियन युरो एकको खरिददर १४९.६६ रुपैयाँ तोकेको छ भने बिक्रीदर १५०.६६ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७७.१७ रुपैयाँ र बिक्रीदर १७७.९६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.९२ रुपैयाँ र बिक्रीदर ९१.३३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.५१ रुपैयाँ र बिक्रीदर ९९.९६ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७५ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.८२ रुपैयाँ र बिक्रीदर ३०.९६ रुपैयाँ तोकिएको छ ।