मलेसियाका लागि प्रस्तावित राजदूत तिम्सिनाविरुद्ध समितिमा उजुरी

<p>काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । राजदूतमा प्रस्तावित तिम्सिनाविरुद्ध नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिको अध्यक्ष हैसियतले कार्य गरिरहेकाले उनी राजदूत बन्न अयोग्य भएको भन्दै समितिमा उजुरी परेको हो । उजुरीमा भनिएको छ, ‘मलेसियाका लागि राजदूत डा. नेत्रप्रसाद तिम्सिना नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको अध्यक्ष हैसियतले कार्य [&hellip;]</p>

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।

राजदूतमा प्रस्तावित तिम्सिनाविरुद्ध नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिको अध्यक्ष हैसियतले कार्य गरिरहेकाले उनी राजदूत बन्न अयोग्य भएको भन्दै समितिमा उजुरी परेको हो ।

उजुरीमा भनिएको छ, ‘मलेसियाका लागि राजदूत डा. नेत्रप्रसाद तिम्सिना नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको अध्यक्ष हैसियतले कार्य गरिरहेको हो भन्ने सन्दर्भमा सम्मानित अदालतमा उजुरीहरू गरेको हुनाले निजको नेपाल रेडक्रस सोसाइटीमा संलग्नता जिम्मेवारी रही रहँदा राजदूतसम्बन्धी नियुक्ति मापदण्डविपरीत हुने भएकोले राजदूत पदका लागि स्वतः अयोग्य रहेको व्यहोरा अनुरोध छ ।’

नेपाल रेडक्रस सोसाइटी वैदेशिक सहायता प्राप्त गर्ने संस्था रहेको पनि गोप्य उजुरीमा उल्लेख गरिएको छ ।

Share News