१७ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भदौ १४ बाट हुने

<p>काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरूमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित [&hellip;]</p>

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरूमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो ।

भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । उजुरी थोरै भएकाले सुनुवाई प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।

सभापति न्यौपानेले भनिन्, ‘आज हामीले राजदुत नियुक्ति प्रक्रियाअन्तर्गत उजुरीकर्ताहरूको उजुरी खोलेका छौं, अब सुनुवाइको प्रक्रियामा अघि जाँदैछौं ।’

१७ जना प्रस्तावित राजदूतविरुद्ध ९ वटा उजुरी परेको छ । तीन वटा उजुरी समावेशी सिद्धान्त अनुसार नभएको भनेर परेका छन् छन् चार वटा उजुरी व्यक्ति केन्द्रित रहेका छन् ।

समितिको मंगलबारको बैठकमा उजुरीकर्ताहरूको उजुरी खोलि समितिका सदस्यहरूलाई वितरण समेत गरिएको छ ।

समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ ।

Share News