काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ११ गते अमेरिकी डलरको खरिददर १३३.९५ रुपैयाँ र बिक्रीदर १३४.५५ रुपैयाँ तोकेको छ । यसअघि हिजो अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ तोकेको छ ।
आज युरोपियन युरो एकको खरिददर १४९.५५ रुपैयाँ तोकेको छ भने बिक्रीदर १५०.२३ रुपैयाँ तोकेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.६० रुपैयाँ र बिक्रीदर १७७.३९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.६८ रुपैयाँ र बिक्रीदर ९१.०८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.१६ रुपैयाँ र बिक्रीदर ९९.६० रुपैयाँ तोकिएको छ ।
यसअघि हिजो युरोपियन युरो एकको खरिददर १४९.८९ रुपैयाँ र बिक्रीदर १५०.५६ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.९६ रुपैयाँ र बिक्रीदर १७७.७५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.९९ रुपैयाँ र बिक्रीदर ९१.३९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.१५ रुपैयाँ र बिक्रीदर ९९.५९ रुपैयाँ तोकिएको थियो ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४७ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.८१ रुपैयाँ र बिक्रीदर ३०.९५ रुपैयाँ तोकिएको छ ।
हिजो साउदी अरेबियन रियाल एकको खरिददर ३५.६९ रुपैयाँ र बिक्रीदर ३५.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ तोकिएको थियो ।