सहकारी पीडितको बचत फिर्ता गर्न माग

<p>काठमाडाैं । सहकारी पीडितको बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्नेमा अभियानकर्मीले जोड दिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथासीघ्र बचत पाउनुपर्नेमा जोड दिएको हो । महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औं दिनसम्म पनि [&hellip;]</p>

काठमाडाैं । सहकारी पीडितको बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्नेमा अभियानकर्मीले जोड दिएका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथासीघ्र बचत पाउनुपर्नेमा जोड दिएको हो ।

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भएको जानकारी गराइएको थियो ।

महासंघका अध्यक्ष कुशलव केसीले १६ महिनादेखिको आन्दोलनका क्रममा चार जना पीडितहरूले ज्यान गुमाइसकेको बताए ।

सहकारी पीडितले आफ्नो बचत फिर्ता पाऊन् भनी तेस्रोपटकको आन्दोलन सुरु गरेको १०१औं दिन पुग्ने अवसरमा भदौ १६ गतेदेखि शान्तिपूर्ण प्रदर्शन गरिने पनि उनले जानकारी दिए ।

Share News