काठमाडौं । युरोपियन युरोको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ १० गतेका लागि युरोपियन युरो एकको खरिददर १४९.८९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १५०.५६ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।
यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.९६ रुपैयाँ र बिक्रीदर १७७.७५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.९९ रुपैयाँ र बिक्रीदर ९१.३९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.१५ रुपैयाँ र बिक्रीदर ९९.५९ रुपैयाँ तोकिएको छ ।
अमेरिकी डलरसहित खाडी मुलुकको विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६९ रुपैयाँ र बिक्रीदर ३५.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ तोकिएको छ ।